२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
शिक्षा

सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता एवम् प्रभावकारिता बारे बहस सुरु

पोखरा, १२ पुस । पोखरामा कृयाशिल सामूदायिक विद्यालयका शिक्षक सम्बद्ध महासंघ सहित संघ संगठनले महानगर क्षेत्र भित्रका समूदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय एवम् प्रभावकारी बनाउने सम्बन्धमा आन्तरिक बहस सुरु गरेका छन् ।
राज्यको महत्वपूर्ण लगानी भैरहेको सामूदायिक विद्यालयहरूमा घट्दै गएको विद्यार्थी संख्याका साथै यसतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढाउनका लागि शिक्षक सम्बद्ध संघ संगठनबाट खेल्न सकिने भूमिका लगायतका विषयमा बहस थालिएको हो ।
एक अर्का दोषारोपण गर्न भन्दा पनि सबैको सामूहिक प्रयासबाट यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सकिन्छ भन्ने विश्वास सहित शिक्षक सम्बद्ध सघ संगठनहरूले यस सम्बन्धमा सामुहिक बहसको थालनी गरेको एकिकृत अखिल नेपाल शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टंकप्रसाद सुवेदीले जानकारी दिए ।
पछिल्लो समयमा घट्दो जनसंख्या बृद्धिदरसँगै समाजमा हुँदा खाने र हुने खानेबीचको विभेदको प्रत्यक्ष प्रभाव सामुदायिक विद्यालयहरूमा परिरहेको बताउँदै उहाँले सरकारको ठूलो लगानी भैरहेका यी विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन राज्यको उचित नीति आवश्यक हुने धारणा राखेका थिए । सामूदायिक विद्यालयका शिक्षकलाई समयसापेक्ष तालिमका साथै व्यवहारिक तथा प्रयोगात्मक शिक्षामा राज्यले जोड दिनुपर्ने उनको भनाइ थियो ।
नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका अध्यक्ष नन्दलाल काफ्लेले सामूदायिक विद्यालय प्रतिको आकर्षण बढाउनका लागि यथासीघ्र दरबन्दी मिलानसँगै प्रधानाध्यापकहरूको उचित व्यवस्थापनतर्फ चासो दिनु अपरिहार्य भएको बताए  । सामूदायिक विद्यालयको शिक्षालाई प्रभावकारी बनाउन अभिभावक शिक्षाको पनि आवश्यकता रहेको उनको भनाइ छ ।
नेपाल शिक्षक संघ पोखरा महानगरपालिकाका अध्यक्ष किरणबाबु न्यौपानेले कार्यविधि बनाएर प्रधानाध्यापकको व्यवस्थापन गर्नुु जरुरी रहेको बताए ।  प्रधानाध्यापकलाई अधिकार सम्पन्न बनाउनका साथै बैज्ञानिक दरबन्दी मिलान हुनुपर्ने उनले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष यामनारायण लामिछानेले सबैको सामूहिक प्रयास भएमा सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउँदै विद्यमान समस्याहरू समाधान गर्न सकिने धारणा राखे । सामूदायिक विद्यालयको समग्र विकासका लागि यो वा त्यो रुपमा विभाजित नभै एकतावद्ध भएर अघि बढ्नुु आवश्यक भएकोमा सरोकारावाले जोड दिएका छन् ।
नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका सह अध्यक्ष दुर्गाप्रसाद सुवेदी, सचिव गोपिराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव नेपाल प्रकाश अधिकारी नेपाल शिक्षक संघका सचिव नवराज आचार्य लगायतले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवाला सबैको एकतावद्ध प्रयास आवश्यक हुने बताए । स्रोत केन्द्रको सञ्चालनसँगै हाम्रा उत्पादित जनशक्तिलाई स्वरोजगारसँगै बजारमा बिक्न सक्ने बनाउनका लागि सार्थक बहससँगै पहलकदमी आवश्यक रहेको उनिहरूको भनाइ छ ।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…