२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यखबर

चार्टर्ड एकाउण्टेण्टलाई बिना धितो १५ लाखसम्म कर्जा र क्रेडिट कार्ड सुविधा

काठमाडौ । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने उद्देश्यले एक समझदारी सम्झौता सम्पन्न गरेको छ।

सम्झौताअनुसारनेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरूले न्यूनतम आवश्यक कागजातको आधारमा रु. ७५ हजारदेखि रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। साथै आवश्यक प्रक्रिया पूरा गरेपछि बिना धितो रु. १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा समेत उपलब्ध हुनेछ।

त्यसैगरी गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा सदस्यहरूलाई घर कर्जा तथा सवारी साधन कर्जा पनि आकर्षक ब्याजदरमा प्रदान गर्ने जनाएको छ। बैंकका अनुसार यस सुविधाले पेशागत रूपमा सक्रिय चार्टर्ड एकाउण्टेण्टहरूको वित्तीय आवश्यकतालाई सहज बनाउने अपेक्षा गरिएको छ।

सम्झौताबारे जानकारी दिँदै गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद आचार्यले पेशागत समूहलाई लक्षित गरी तयार पारिएका यस्ता वित्तीय उत्पादनहरूले बैंकिङ पहुँच विस्तार गर्नुका साथै पेशागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

बैंकले भविष्यमा पनि विभिन्न पेशागत संघ–संस्थासँग सहकार्य गर्दै ग्राहक केन्द्रित वित्तीय सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Read more

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…