
जनकपुरधाम। गगन थापाले मधेसको धरतीबाट अन्य राजनीतिक दललाई सिधा चुनौती दिएका छन्। बुधबार आयोजित नेपाली कांग्रेसको बृहत् सभामा बोल्दै उनले “अब देशलाई कसले जोगाउने भन्ने प्रश्न छ—र यसको जवाफ कांग्रेससँग छ” भन्दै चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएका छन्।
थापाले नाम नलिए पनि प्रतिष्पर्धी दलहरूमाथि संकेत गर्दै भ्रष्टाचार, बेथिति र अस्थिरताको राजनीतिले देश थाकिसकेको बताए।
उनले भने—“अब प्रश्न गर्दा गोली चल्ने होइन, जवाफ दिने नेपाल चाहिन्छ। झुटा मुद्दा र काण्डले प्रधानमन्त्रीलाई घेरिरहने राजनीति अन्त्य गर्नुपर्छ।” यो अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले वर्तमान नेतृत्वप्रति अप्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेका छन्।
कांग्रेसले मधेसबाट राष्ट्रपति दिएको स्मरण गराउँदै थापाले अब मधेसकै नेतृत्वबाट प्रधानमन्त्री बन्ने समय आएको बताए।
उनको भनाइ—“अब मधेसीले मधेसकै प्रधानमन्त्री बनाउने बेला आएको हो”—अन्य दलका लागि स्पष्ट सन्देश मानिएको छ। यसले मधेस केन्द्रित दलहरूलाई समेत दबाबमा राख्ने देखिन्छ, किनकि कांग्रेसले क्षेत्रीय प्रतिनिधित्वको मुद्दालाई राष्ट्रिय नेतृत्वसँग जोड्ने प्रयास गरेको छ।
उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस रूपान्तरणको यात्रामा रहेको दाबी गर्दै ‘कांग्रेस २.०’ को अवधारणा अघि सारे। कांग्रेसले सार्वजनिक गरेको ‘भिजन टेन’लाई अन्य दलहरूका घोषणापत्रभन्दा स्पष्ट र कार्यान्वयनयोग्य भएको दाबी गरिएको छ।
कांग्रेसका १० प्रमुख प्रतिज्ञा
-
सम्मानित भएर बाँच्न पाउने नेपाल
-
सपना देख्न सक्ने नेपाल
-
रोजगारी र सम्पत्ति सिर्जना
-
किसान केन्द्रित अर्थतन्त्र
-
स्वास्थ्य र आवासको सुरक्षा
-
शिक्षामा आर्थिक भार हटाउने
-
विधिको शासन र बेथिति अन्त्य
-
मौलिकता र आधुनिकताको समन्वय
-
स्वाभिमानी विदेश नीति
-
समुन्नत अर्थतन्त्र






सम्बन्धित खवर














