0Shares

काठमाडौं । अभिनेता तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ । डेढ वर्ष कार्यकाल बाँकी रहँदै निकिता पौडेलले राजीनामा दिनुभएपछि बोर्ड अध्यक्षविहीन भएको थियो । मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।

निकिताले राजीनामा दिएपछि सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । भट्टराईसँगै अध्यक्ष पदका लागि सुचित्रा श्रेष्ठ, नरेश कुमार केसी, योगेश घिमिरेलगायतले आवेदन दिनुभएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected