0Shares

काठमाडौ, २९ मंसिर । काठमाण्डौं। बिनय गदालको डेब्यु म्युजिक भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ। परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ।

गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ। यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा बिनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

भिडियोमा राम चन्द्र अधिकारी र हरि शरण रसाइलीको समेत अभिनय रहेको छ। भिडियोमा अजय रेग्मीको छायांकन , पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected