23Shares

काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानको माग यथाशिघ्र पूरा गर्न र राहत दिलाउन माग गर्नुभएको छ।

उहाँले नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएको बताउनुभएको छ ।

उहाँले राजधानीमा आफ्ना माग पूरा गराउन आएका किसानप्रति पूर्ण सहानुभूति र एक्येबद्धता प्रकट गर्नुभएको छ ।

उहाँले आज टवीट गर्दै भन्नुभएको छ, “मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापर्वाहीको शिकार बनेका किसानहरु प्रति पुर्ण सहानुभूति र एकबद्दता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्दछु ।”

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected