0Shares

काठमाडौं । मोडल अञ्जली अधिकारी कृष्ण महिमा गाइएको भजनमा अभिनय गरेकी छन् । गायक लोक पौडेलको भजन ‘अलमल नगरौं’ मा उनले नृत्य गरेकी हुन् । उनी पछिल्लो समय म्युजिक भिडियोमा निकै चलेकी मोडलका रुपमा परिचित छन् ।

भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ । डा. भोला रिजालको शब्द रहेको भजनमा संगीतकार नरहरि प्रेमीले संगीत भरेका छन् । त्यस्तै कमल सौरागले भजनलाई संगीत संयोजन गरेका हुन् ।

भिडियोमा अञ्जलीसँगै राज खड्काको अभिनय देख्न सकिन्छ । राज खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected