0Shares

‘तिनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ। यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन्।

नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected