0Shares

काठमाडौं, २३ पौष । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधाननहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए ।

‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधानहुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ महतोले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमाभने,‘स्थायी समाधानगर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’ देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे । अहिलेको संविधान सबै जनताको नभएकाले समस्याआएको महतोको तर्क थियो ।

प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो । ओलीको कदमबाट आश्चर्य मान्नुनपर्ने बताए । उनले भने,‘प्रतिगमनकारी संविधानबनाएकाथिए, ओलीले फेरि प्रतिगमन गरेकोमाआश्चर्य नमाने हुन्छ ।’ यो संविधानअनुसार पटक पटकप्रतिगमनभइरहने निश्चितभएको ठोकुवा गरे । उनले भने,‘संविधानमाथिगिरिजाप्रसादकोइराला र प्रचण्डले पनिप्रतिगमनगरेकाथिए, देउवाले पनिप्रतिगमन गरे ।’

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected