0Shares

काठमाडौं २३ पुस । चर्चित गायक डम्बर नेपाली र दीपक लिम्बूको सामुहिक स्वरमा ‘ याः राक्मा हौ सोल्टिनी ज्यू…’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लिम्बू भाषामा याःराक्मा भनेको धान नाँच हो ।

कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बूले अभिनय गरेका छन् ।

रोमान्टिक भिडियो अनि नेपाली टिपिकल शब्दमा तयार पारिएको गीत भिडियोको रातोपुलस्थित रक हाउसमा एक समारोह गरि औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।

लिम्बू परिवेश र रहनसहनमा रहेको भिडियोको भूपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected