२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
स्थानिय समाचार

आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ ।

यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गर्नुभयो । यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व बढ्ने र करदाता नियमनमा बाँधिने भएकाले यसबाट सबैले सुविधा लिनुपर्ने उहाँको धारणा छ । कार्यालयले जारी गरेको अपिलमा कुनै पनि व्यक्तिले स्थायी लेखा नं नलिई विगतमा कर लाग्ने आयआर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को आय विवरण र कर बुझाएमा शुल्क तथा ब्याज मिनाहा हुनेछ ।

सोभन्दा अघिका आर्थिक वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनुपर्ने छैन । स्थायी लेखा नं लिई आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखसम्मको कारोवार गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७३÷७४, २०७४÷७५ र २०७५÷७६ को आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोभन्दा अघि वर्षहरुको आय विवरण पेश गर्नुपर्ने छैन र त्यस्तो आयमा लाग्ने कर, शुल्क तथा बाँकी ब्याज मिनाहा हुने भनिएको छ ।

स्थायी लेखा नं लिई आर्थिक वर्ष २०७३÷७४ वा सोभन्दा अघिको आय विवरण पेश नगर्ने वार्षिक रु ५० लाखभन्दा बढीको कारोवार गर्ने प्राकृतिक व्यक्ति वा निकायले आय विवरण, आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।

विसं २०७५ असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदाताले बुझाउनुपर्ने कर विवरण, सो कर विवरणअनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने कार्यालयको अपिलमा छ ।

आयकर ऐन, २०५८ , मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम विसं २०७५ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारण (झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारणबाहेक) उपर मुद्दामा गई विचाराधीन रहेमा सम्बन्धित करदाताले मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको कर रकम र सोमा लागेको ब्याज बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहा दिइने भनिएको छ ।

यस्तै, सोही कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु चार अर्ब ५४ करोड ९१ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु चार अर्व ५१ करोड ९८ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा रु दुई करोड ९३ लाख ६४ हजार बढी राजस्व असुल भएको छ । विगतमा कार्यालयले लक्ष्य हासिल गर्न धौधौ भइरहेको अवस्थामा लक्ष्यभन्दा बढी राजस्व असुल गर्नु र कार्यालयले सार्वजनिक अपिलले झन प्रगतिमा सुधार हुने विश्वास भएको प्रमुख सापकोटाले बताउनुभयो ।

सङ्कलित राजस्वमा आयकर रु एक अर्ब ७७ करोड ५१ लाख ९६ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब ३७ लाख ७७ लाख ३१ हजार र अन्तःशुल्क रु एक अर्ब ३९ करोड ६२ लाख ६२ हजार छन् । गत साउनदेखि माघसम्ममा कार्यालयले आयकरमा १३१, मूल्य अभिवृद्धिकरमा १६७ र अन्तःशुल्कमा ६० प्रतिशत प्रगति हासिल गरेको छ । गएको वर्षभन्दा यस वर्ष सो अवधिमा आयकरमा चार, मूल्य अभिवृद्धिकरमा २६ र अन्तःशुल्कमा पाँच प्रतिशत प्रगति भएको छ ।

आन्तरिक राजस्व कार्यालयको मातहतमा मोरङको विराटचोक, पथरीमा पनि सेवा कार्यालय स्थापना गरिसकेको छ भने यसबाट कूल ५२ हजार करदाता लाभान्वित हुने विश्वास लिइएको छ ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…