२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
मनोरन्जन

युवाहरूको संघर्षको कथामा आधारित ‘ज़िन्दगी’ सार्वजनिक

काठमांडौं । कमलमान सिंहको शब्द र संगीतमा रहेको ‘जीन्दगी’ सार्वजनिक भएको छ । मंगलबार कमलमानसिंह नामक यूट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

जसको मुख्य भूमिकामा ईन्जिनियर सहदेव चन्द रहेका छन् । त्यस्तै मिग्मा डेबिड शेर्पा र संज्ञा श्रेष्ठको समेत भूमिका रहेको छ । गीतको मुख्य पात्रमा देखिएका शेर्पा एक नेपाली पर्वतारोही र उद्धार आरोही हुन्। शेर्पाले ८ हजार भन्दा अग्लो हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा पर्वतारोहीको किर्तीमान समेत राखेका छन् । उनले सगरमाथा र माउन्ट केटू सबैभन्दा छोटो समयमा आरोहण गरि गिनिजबुक अफ वर्ल्डमा नाम लेखाएका छन् ।

‘जीन्दगी’ नाम दिइएको उक्त गीतमा एक युवाले आफ्नो सपना पूरा गर्नका लागि सबै दुख पीडालाई भुलेर रमाएको कथालाई देखाइएको छ । त्यसका साथै गीतमा मिठास ढंगले प्रेमलाई समेत व्यक्त गरिएको छ ।

मुख्य भूमिकामा देखिएका ईन्जिनियर चन्दले सो गीतले युवाहरुको कथा बोलेको बताउँछन् । आफ्नो विविध समस्याकाबीच आफूले देखेको सपना पुरा गर्नका लागि निरन्तर लागिपर्ने युवाहरुको कथा जीन्दगी रहेको उनी बताउँछन् ।

हालसम्म १ हजार ८ सय भन्दा बढी पटक हेरिएको उक्त गीतमा सकारात्मक प्रतिक्रिया समेत आइरहेका छन् ।

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…