२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
मनोरन्जन

पब्लिक फोरके टिभीको औपचारिक उद्घाटनमा ‘सम्मान र सम्झनामा स्रष्टाहरु साँझ’ हुने

पोखरा । गण्डकी प्रदेशका सर्जक तथा कलाकर्मीका कालजयी सिर्जनाको सम्मानार्थ पब्लिक फोरके टेलिभिजनले ‘सम्मान र सम्झनामा स्रष्टाहरु’ कार्यक्रम गर्ने भएको छ । टिभीको औपचारिक सुरुआत हुने दिन फागुन ७ गते उक्त कार्यक्रम गर्न लागेको हो ।
पब्लिक फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा सुगम संगीतका चर्चित गायक राज सिग्देल, बिनोद बानिया, अजुदा थापा, सन्तोष बस्याल लगायत कलाकारको प्रस्तुति रहनेछ ।
गण्डकी प्रदेशका दिवंगत स्रष्टाहरुको सम्झना तथा सम्मानमा गर्न लागिएको कार्यक्रममा झलकमान गन्धर्व, धर्मराज थापा, अलि मियाँ, सरोजगोपाल बज्राचार्य, भूपि शेरचन, माधवप्रसाद घिमिरे, कल्याण शेरचन, धनबहादुर गायक, प्रविण गुरूङ, सुन्दर थापालगायत सर्जकका कालजयी गीत प्रस्तुत हुने पब्लिक टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनसहित यसैका अफिसियल युट्युब र फेसबुक पेजमार्फत पनि हुनेछ । टेलिभिजनले आफ्नो नियमित प्रशारण आरम्भ गर्दैगर्दाको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम होटल पोखरा ग्रान्डमा हुनेछ ।
प्रदेशकै पहिलो फोरके प्रविधिमा सञ्चालनमा आउन लागेको टिभीको औपचारिक उद्घाटन समारोहमा गण्डकी प्रदेशका राजनीति, कला, साहित्य, संगीत, पर्यटन, पत्रकारिता, उद्योग, खेल क्षेत्रका व्यक्ति व्यक्तित्व उपस्थित हुने क्षेत्रीले जानकारी दिए

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…