२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
मनोरन्जन

लोमान्थाङ वरपर छायंकन गरिएको मुस्ताङ्गे नानी सार्वजनिक

पोखरा भ्यूज
पोखरा, २९ असार । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीत रहेको गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो । एस टु प्रोडक्सनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
प्रालिले एक दशक भन्दा लामो समयदेखि म्युजिक भिडियो, कमर्सियल एड र रियालिटी सो सम्बन्धी काम गर्दै आएको छ । प्रालिकै प्रस्तुती रहेको यो गीत विश्व दोङले गाएका हुन् । गीतमा वरिष्ठ नृत्य निर्देशक शुवास राई र रिक्साङ गुरुङको आकर्षक अभिनय रहेको छ । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ लोमान्थाङका बासिन्दा बिष्टले यो गीत दुई बर्ष अघि लेखे पनि अहिले आएर श्रव्यदृष्यमा समेटिएको हो ।
गीतमा मुस्ताङका चराङ, घरगुम्बा, लुरी, घारा, यारा, सुर्खाङ, ढि र धे खोला क्षेत्रका आकर्षक दृष्यहरु समेटिएको छ । यो गीत खासगरी मुस्ताङ र समग्र नेपालको पर्यटनमा टेवा दिने गरी तयार गरिएको बिष्टले बताए । यसअघि लोमान्थाङमै बसम र हिमाल पारी लोमान्थाङ गाउँ गरी दुई गीत बजारमा ल्याइसकेका बिष्टको यो तेश्रो गीत हो । आमा तिम्रो बोल भएको चौंथो गीत पनि आफूले लेखिसकेको उनले सुनाए ।
गीतको अरेन्जरमा विष्णु तामाङ, प्रोडुसरमा किमी गुरुङ, सिनेमाटोग्राफीमा सुरज श्रेष्ठ र गणेश सापकोटा रहेका छन् । गीतको निर्देशन र सम्पादन भने सुरज श्रेष्ठले नै गरेका हुन् । मञ्जु श्रेष्ठको मेकअप रहेको गीतको कोरियोग्राफर भने एमडी सुवास गुरु हुन् ।
कोरस नृत्यमा भने महिला तर्फ रिक्साङ गुरुङ, कर्म याङडोन, धावा छोन्जोम, पासाङ ढोल्मा, सोनाम ल्हामो, रिन्जेन ढोल्मा र पुरुष तर्फ छेरिङ नोर्बु, पेमा वाङदी, तेञ्जिङ, छेवाङ जेन्देन र सोम छेरिङले साथ दिएका छन् ।
https://youtu.be/jUctYRgsbr0

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…