२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
मनोरन्जन

लाज शरणम्’मा महेशले घटाएका थिए २० केजी तौल

काठमाण्डौ २७ माघ । जिग्रि पाडेको पहिलो चलचित्र ‘लाज शरणम्’ प्रर्दशनको तयारीमा छ । फागुन १४ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’मा  टेलिचलचित्र ‘सक्किगोनि’ टिम बाहिरका केही कलाकारहरु पनि छन् । ती मध्ये एक हुन्, हल्कारा फेम्ड अभिनेता महेश त्रिपाठी । जो चलचित्र ‘हल्कारा’का हिरो हुन् । यो चलचित्रले इन्टरनेशनल फिल्म फेस्टिभलहरूमा  अवार्डहरु समेत  जितेको थियो ।

महेश ‘सक्किगोनि’ टिमले बनाएको चलचित्र ‘लाज शरणम्’मा पनि छन् । हालसालै सार्वजनीक भएको चलचित्रको टिजरमा त्रिपाठीलाई पनी मुख्य पात्रका रुपमानै देखाइएको छ । यो चलचित्रमा साइन गरेदेखीनै उनी आफुलाई पात्रमा ढाल्न निकै ठुलो मेहनत गरेको उनको विगतका तस्वीर चलचीत्रको टिजर पोस्टरमा स्पष्ठ देख्न सकिन्छ ।

सार्वजनीक पोस्टरमा पनि उनी अटएका छन् । सुरुमा सार्वजनिक भएका तीनवटा पोस्टरमध्ये एकमा महेश पनि छन् ।
लाज शरणम्’मा उनको पातलो ज्यानको क्यारेक्टर चाहिने भएपछि निर्माणटिमले उनलाई ज्यान घटाउन भनेको थियो।

त्यसपछि महेशले आफ्नो ज्यान चलचित्रको चरित्रमा फिट बनाउँन झण्डै २०  केजी  तौल घटाए । उनले भने , म झण्डै ७२ केजी बाट लाज शरणम्को लागी २० केजी बरावर तौल घटाए । उत्त  चलचित्रको पात्र निमार्ण गर्दा आफु ५२  केजी  सम्म शरिरको तौल बनाएको बताए । चलचित्रको छायँनकनमा समेत उनको पछिल्लो समयको शरिरको तौल अनुहार देखेर निमार्ण पक्ष समेत छक्क परेको थियो । पात्र निमार्णलाई प्रथामीकता दिएका महेश यस अघिको हल्कारा चलचित्रको पात्र निमार्णमा पनि   अल्को हलीक क्यारेक्टरले उनको स्वास्थ्यलाई लामो समय सम्म असर गरेको बताएका थिए । पात्रको चरित्रलाई न्याय दिन उनले आफ्ना हरेक चलचित्रमा आफुलाई अभ्यस्त बनाएका छन् ।
त्यसैले उनले यो सिनेमामा कडा मेहनत गरेको यसबाटै पनि पुष्टि हुन्छ । सिनेमामा उनको काम कस्तो छ त्यो भने हेर्न फागुन १४ कुर्नुपर्ने छ। तर प्रसारीत सामग्रीहरु हेर्दा उनको लगायत टिमको मेहनत प्रस्ट देखिन्छ।

‘लाज शरणम्’का हालसम्म चारवटा पोस्टर सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक मुख्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई रिविल गरेको थियो ।

‘लाज शरणम्’मा सितारामसँगै मुकुन्द श्रेष्ठ, विजय बराल, अपर्ण थापा, महेश त्रिपाठी,रेणू योगी, कमलमणि नेपाल, माला लिम्बु, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे पाडे, सागर लम्साल बले, हरिष निरौला कक्रोज, प्रियाना आचार्य मुन्नी’लगायत कलाकार छन् ।

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…