180Shares

स्याङ्गजा। स्याङ्गजा, पुतलिबजार–१४, लामागेस्थित श्री श्रवण माध्यमिक विद्यालयको प्रांगणमा लायन्स क्लब अफ पोखरा ग्लोरीद्वारा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ। शिविरमार्फत २५० भन्दा बढी स्थानीयवासीले आँखा स्वास्थ्य सेवा प्राप्त गरे भने आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो। साथै ८३ जनाभन्दा बढीले निःशुल्क चश्मा प्राप्त गरेका छन्।

शिविरसँगै क्लबले विद्यालय सपोर्ट कार्यक्रम अन्तर्गत श्री श्रवण माविलाई खेलकुद सामग्री हस्तान्तरण गरेको थियो।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको अन्तर्गत सञ्चालित यो शिविर हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग, मोर्डन लामागे युवा क्लब तथा श्रवण माविका पूर्व विद्यार्थी युवा मञ्चको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वति खरेल पाण्डे रहनुभएको थियो। त्यस्तै द्वितीय भाइस डिष्ट्रिक्ट गर्भनर शैलेन्द्र मोहन भट्टराई, पूर्व डिष्ट्रिक्ट गर्भनर चन्द्र कुमार केसी, स्थानीय तहबाट वडा अध्यक्ष जितेन्द्र प्रकाश मल्ल, प्रधानाध्यापक हिमलाल ढकाल, बी.ब्य.स्. अध्यक्ष रविन्द्र केसी, समाजसेवी तुलसी गिरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिविरका क्रममा हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम इञ्चार्ज सुवास नेपालले आँखा स्वास्थ्यका विषयमा महत्वपूर्ण जानकारी दिएका थिए ।

कार्यक्रम लायन्स क्लब अफ पोखरा ग्लोरीका अध्यक्ष केशव पौडेलको सभाध्यक्षता उपाध्यक्ष  लक्ष्मण श्रेष्ठले स्वागत मन्तव्य र क्लबका सचिव  प्रेम बरालले कार्यक्रम सञ्चालन गरेका थिए।

180Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected