२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
मनोरन्जन

खेम गुरुङको लोकगित ‘घर त गलकोट’ सार्वजनिक

काठमाडौं, २२ पौष ।गलकोट, कलाकार खेम गुरुङको लोकगित घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेर देखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुब मार्फत सार्वजनिक भएको छ ।
‘लोकदोहोरी भनेपछि हुरुक्कै हुन्थे, विभिन्न समस्याको कारण गित रेकर्ड गर्न सकेको थिएन, लामो संघर्ष पछि मेरो सपना साकार भएको छ,’ गुरुङले भने । आफ्नै लय, शब्द र संगितमा गित तयार पारेको उनले बताए ।

केही समय बिदेशमा रहदा जन्मभुमीको मायामा डुबेर गित तयार पारेको र अहिले सार्वजनिक गरेको उनले बताए । गितको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोट मै तयार गरेको उनले जानकारी दिए । गलकोट नगरपालिका ९ बास्खोलामा जन्मिएका गुरुङले गितसंगितमार्फत जन्मभुमिलाइ देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।
आर्थिक अभावको कारण बिदेशीनु पर्दा लोकदोहोरी को यात्रालाई निरन्तरता दिन नसकेको भन्दै आगामी दिनमा निरन्तर लाग्ने उनले बताए । उक्त गितको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र बिपिन मल्लको अभिनय रहेको छ ।
राजन केसि ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसिले गरेका छन् । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युटुब च्यानल ईश्वर सिंह मार्फत सार्वजनिक भएको छ ।

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…