6Shares

पोखरा भ्यूज
पोखरा । कास्की खबर डटकमको आयोजनामा सम्पन्न पहिलो राष्ट्रिय संगीत अवार्ड कार्यक्रम आयोजना भएको छ। उक्त अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट राष्ट्रिय गीत विधाबाट गायक सन्तोष बस्यालले अवार्ड हात पारेका छन्।
३७ विधामा अवार्ड बाडिएको अवार्डमा संचारकर्मी समेत रहेका गायक बस्यालले ‘वीर नेपाली’ गीतबाट सर्वोत्कृष्ट राष्ट्रिय गीतमा पाएका हुन् । उनले पहिलो पटक अवार्ड हात पारेका हुन् ।
१२ वर्ष देखि संगीत क्षेत्रमा सक्रिय रहेका गायक बस्यालले ‘मैले तिमीलाई माया गर्दा’ गीतबाट औपचारिक रुपमा गायनमा लागेका हुन्। उनको रेशम फिरिरी, ढाट्यो मायाले, बस है पियारी लगायतका गीत रेकर्ड भएका छन् ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected