23Shares

पोखरा । नयाँ बर्षमा पोखरा बाराहीघाट मैदानमा “बिक्रम संवत म्युजिक फेस्टिवल vol. II” साङ्गितिक कार्यक्र्म हुने
नेपाली नयाँ बर्ष २०८२ नजिकिदै जादा ,पोखरा को बाताबाराण पनी रोमान्चक बन्दै गएको छ ।

बिगतको बर्ष देखी मात्र शुरु भएको BLOCK-X ENTERTAINMENT ले नेपाली साल को सम्बोधनार्थ शब्द “बिक्र्म सम्बत ‘को नाम बाट नेपालको पछील्लो पुस्ताले मन पराएको पपुलर नेपाली सान्ङ्गीतिक ब्याण्डहरुको कार्यक्र्मको आयोजना गर्दै आइरहेको छ ।

गएको बर्ष आयोजीत पहिलो सस्करण “‘बिक्रम संवत म्युजिक फेस्टिवल VOL I “को सफल आयोजना बाट हौसिएका आयोजकले पुन: यो बर्ष पनी ” BIKRAM SAMBAT MUSIC FESTIVAL VOL II ” आयोजना गर्ने भएको छ ।

नेपाली नयाँ वर्ष २०८२ को स्वागतलाई विशेष बनाउने उद्देश्यका साथ ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ आगामी चैत ३१ गते (अप्रिल १३, २०२५) पोखराको बाराहीघाट मैदान, लेकसाइड मा आयोजना हुने भएको छ।

फेस्टिवलको आयोजक टिमका अनुसार कार्यक्रम साँझ ४ बजेबाट सुरु हुने र नयाँ वर्षको पूर्वसन्ध्यालाई ऊर्जा, उत्साह र संगीतको माध्यमबाट मनाउने उद्देश्य लिइएको छ।

यसपटकको संस्करण अघिल्लो वर्षको तुलनामा झनै भव्य र सशक्त रूपमा आयोजना गरिँदैछ, जसमा JOHN & THE LOCALS, SWAR, TRIBAL RAIN र PAHELO BATTI MUNI जस्ता चर्चित ब्यान्डहरूले प्रत्यक्ष प्रस्तुति दिनेछन्।

बिक्रम सम्बत् म्युजिक फेस्टिवल (BSMF) 2.0—राष्ट्रियता, एकता र संगीत-संस्कृतिको उत्सव! यो फेस्टिवल मनोरञ्जन मात्र होइन; बिक्रम सम्बत् को महत्त्व दर्शाउने एउटा ऐतिहासिक अवसर पनि हो। बिक्रम सम्बत् हाम्रो मौलिक पहिचान, परम्परा र इतिहासको प्रतीक हो। यो केवल पात्रो होइन, नेपालीको गौरव र एकताको प्रतीक हो। कुनै धर्म र जातभन्दा माथि, BIKRAM SAMBAT MUSIC FESTIVAL 2.0 ले सबैलाई एउटै संगीत, एउटै संस्कृति र एउटै राष्ट्रको भावनामा बाँध्छ” भनि कार्यक्रम संयोजकले जानकारी दिनुभएको छ ।

कार्यक्रम संयोजक अनुसार पोखरा लगायत आसपास क्षेत्रका संगीतप्रेमीहरूका लागि यो कार्यक्रम नयाँ वर्षलाई सांगीतिक र सांस्कृतिक उत्सवको रूपमा मनाउने अनुपम अवसर हुने विश्वास लिएको छ।

 

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected