२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
मनोरन्जन

राज्यमन्त्री मानन्धरबाट एकल गायनमा विश्व रेकर्ड

काठमाडौँ, १० पुस \शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्नुभएको छ । वल्र्ड बुक अफ रेकर्ड युकेमा उहाँले सो रेकर्ड कायम गर्नुभएको हो । आज यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन शुरु गर्नुभएका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गर्नुभएको हो । राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाउनुभएको थियो ।

उहाँले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाउनुभएको थियो । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उहाँले ट्रयाकमा गाउनुभएको हो । ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उहाँको रोजाइमा परेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिनुभयो । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गर्नुभयो । वल्र्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताउनुभयो । उहाँले आज गाउनुभएका सबै गीतको रोयल्टीसमेत तिरेर गाउनुभएको हो ।

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…