251Shares

पोखरा, ७ असोज । लियो मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको नेतृत्व सम्हाली सकेका लियो लिडरहरू लायन्स क्लब अफ़ पोखरा फरक अभियान मार्फत लायन्समा सक्रिय रहेका छन् । लायन्स क्लब अफ़ पोखरा फरक अभियानका सम्पूर्ण लायन्स सदस्य लियो क्लबबाट लायन्समा प्रवेश गरेका हुन् क्लबको नेतृत्व तहमा रहेका लायन्स लिड़रहरू अशोक बराल, आदर्श मोहन भट्टराई, राजेन्द्र बराल बिनायक पौडेल लियो मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको लियो डिष्ट्रिक्ट काउन्सिल प्रेसीडेन्ट लियो डिष्ट्रिक्ट प्रेसीडेन्ट भई नेतृत्व प्रदान गरिसकेका छन्

लायन बर्ष २०२१/२२ मा स्थापना भएको क्लब फरक अभियानको दोस्रो पदस्थापन समारोह सम्पन्न भएको । सुक्रवार पोखरामा आयोजित पदस्थापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत रामबहादुर बसेलले क्लबका अध्यक्ष एवं क्लब पदाधिकारीलाई पदस्थापन गराएका थिए भने प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले क्लबमा प्रवेश गरेका नयाँ सदस्यलाई लायनवादको परिचयसहित पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यो सँगै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गण्डकी/ धवलागिरी क्षेत्रको पदस्थापन कार्यक्रम सम्पन्न भएकोछ ।

क्लबका लायन बर्ष २०२१/२२ का अध्यक्ष अशोक पौडेलले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरूको प्रतिवेदन प्रस्तुत गर्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए बर्ष २०२२/२३ का अध्यक्ष राजेन्द्र बरालले हालसम्म क्लबले सम्पादन गरेका कार्य सहित बाँकी कामहरूको जानकारी गराएका थिए

समारोहमा डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी हरिराज पन्तले डिष्ट्रिक्टको छविलाई उचाइमा पुयाउन मन बचन कर्मले लागि पर्न आग्रह गर्दै डिष्ट्रिक्ट ३२५ आई नेपालको गरिमालाई उचो राख्न डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेका थिए

लायन्स क्लब अफ़ पोखरा फरक अभियानका लायन बर्ष २०२१/२२ का अध्यक्ष अशोक पौडेलले पहिलो सत्र र २०२२/२३ का अध्यक्ष राजेन्द्र बरालले दोस्रो सत्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका द्वित्तिय उपाध्यक्ष हरिहर पराजुली, क्लब सचिव आदर्श मोहन भट्टराई सहसचिव समिर बरालले लगाएतले क्लबका गतिविधिबारे आफ्ना भनाई राखेका थिए

251Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected