सरकारी शासकीय सुधारलाई राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा साथ:युनियन स्वेच्छिक भंग

0Shares
काठमाडौँ । सरकारको शासकीय सुधार अभियानलाई समर्थन गर्दै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूले आफ्नै युनियन भंग गरेका छन्।
सरकारले हालै पारित गरेको १०० कार्यसूचीभित्र कर्मचारी युनियन खारेज गर्ने निर्णय समावेश भएपछि त्यसप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीहरूले यस्तो कदम चालेका हुन्।
राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु ओलियाले आजदेखि लागू हुने गरी युनियन भंग गरिएको जानकारी प्रेस विज्ञप्ति मार्फ़त दिए। उनका अनुसार सरकारी निर्णयलाई सकारात्मक रूपमा ग्रहण गर्दै संस्थागत सुधारमा सहयोग पुर्याउने उद्देश्यले युनियन विघटन गरिएको हो।
सरकारले सार्वजनिक प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइरहेको छ। कर्मचारीहरूको यस कदमलाई सोही अभियानप्रति समर्थनका रूपमा हेरिएको छ।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















