58Shares

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ स्थित विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र स्थापना हुने भएको छ । सोमबार गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी. ले पर्यटन सूचना केन्द्रको शिलान्यास गरेका छन् ।

गाउँपालिका भित्रिने पर्यटकहरुलाई सहि सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तब्य र गतिबिधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवर्धन गर्नेपर्यटकहरुलाई पदमार्गघुम्न सकिने ठाउँअवलोकन गर्न सकिने दृश्य एबम संस्कृति सहित पर्यटन सम्बन्धि सम्पूर्ण सूचना प्रदान गर्ने उद्देश्यले एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी. ले बताए ।

“कृषि,पर्यटन,उर्जा र पूर्वाधार ; अन्नपूर्ण समृद्धिको आधार “ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आएको गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि बिभिन्न गतिबिधि गर्दै आईरहेको छ । साथै गाउँपालिकाको मुख्य आय श्रोतको रुपमा पर्यटन रहेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले पर्यटन सूचना केन्द्र संचालनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको र पर्यटन बिकास र प्रवर्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

सोमबार आयोजित शिलान्यास कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन शिक्षा अधिकृत बलराम भुगाईले गरेका थिए ।

गाउँपालिकाका सूचना प्रबिधि अधिकृत ई. सूर्य तिमिल्सिनाले नव प्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत सूचना केन्द्र स्थापना हुन लागेको बताए । उनका अनुसार सूचना केन्द्र संगसंगै बिस्तृत पर्यटन पोर्टल र मोबाइल एप्लिकेसन मार्फत समग्र गाउँपालिकाको पर्यटकीय गन्तब्य र गतिबिधिको समेत जानकारी लिन सकिने छ । प्रबिधियुक्त हुने सूचना केन्द्रमा अग्मेन्टेड रियालिटी र भर्चुअल रियालिटी मार्फत भर्चल टुर समेत गर्न सकिने  छ ।

अन्नपूर्ण गाउँपालिका पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको पालिका हो । विश्वकै प्रख्यात पर्यटकीय गन्तब्य अन्नपूर्ण आधार शिबिरघान्द्रुक, लान्द्रुक, घोरेपानी, अस्ट्रेलियन क्याम्पपोथाना, भदौरे लगायतका गन्तब्य यही पालिका अन्तर्गत पर्दछन् ।

58Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected