0Shares

मेक्सिको । मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको त्यहाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको त्यहाको सुरक्षाकर्मीले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected