17Shares

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका, कास्कीको १९औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले सभामा विकास–निर्माण कार्य, विभिन्न योजनाको प्रगति समीक्षा तथा चालू आर्थिक वर्षको कार्यसम्पादनबारे विस्तृत छलफल गरेको हो ।

पालिकाका अध्यक्ष विष्णु बहादुर के.सी.अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष चन्द्रकला अधिकारी, सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी बराल, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, वडा सदस्यहरू, कर्मचारीलगाएतको उल्लेख्य उपस्थिति रहेको थियो।

सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी.ले हालसम्म सम्पन्न भएका विकास–निर्माण कार्य र कार्यान्वयनमा रहेका योजनाहरूको विस्तृत समीक्षा प्रस्तुत गरेका थिए । उनले पर्यटन, कृषि र पूर्वाधार विकासका क्षेत्रमा हासिल उपलब्धि तथा देखिएका चुनौतीबारे प्रकाश पार्दै आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी बरालले चालू आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा विभिन्न वडामा सम्पन्न योजना, बजेट खर्चको अवस्था, सेवा प्रवाहको स्थिति तथा लक्षित उपलब्धिहरूको विस्तृत विवरण समावेश गरिएको थियो। यस प्रतिवेदनले गाउँपालिकाको समग्र कार्यसम्पादन मूल्यांकन गर्न महत्वपूर्ण आधार प्रदान गरेको बताइएको छ।

गाउँसभामा उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, सहभागी जनप्रतिनिधिहरूले विकास, सेवा प्रवाह र सुशासनका विषयमा रचनात्मक सुझाव प्रस्तुत गर्दै छलफलमा सक्रिय सहभागिता जनाएका थिए। सभाले स्थानीय आवश्यकता र सम्भावनालाई ध्यानमा राख्दै विकास यात्रालाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कुल ४१७.७४ वर्ग किलोमिटर क्षेत्रफल र करिब २२ हजार जनसंख्या रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै स्थानीय स्तरमै समृद्धि हासिल गर्ने लक्ष्यका साथ काम गरिरहेको छ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected