राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता
- May 3, 2026
- 117
तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेलको सचिवलाय

0Shares
काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार नेपाल सरकारबाट सिफारिस भई प्रमाणीकरणका लागि पेश गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेशमा केही विषय पुनः विचार गर्नुपर्ने देखिएकाले सो अध्यादेश फिर्ता पठाइएको हो।
यसअघि मन्त्रिपरिषद्को निर्णयका आधारमा अध्यादेश राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश गरिएको थियो। तर, राष्ट्रपति पौडेलले त्यसमा समेटिएका विषयवस्तु पुनः समीक्षा गर्न आवश्यक ठहर गर्दै सरकारलाई नै फर्काएका हुन्।
राष्ट्रपति कार्यालयले संविधानको प्रावधानअनुसार अध्यादेश पुनर्विचारका लागि फिर्ता गरिएको स्पष्ट पारेको छ।

0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर















