0Shares

पोखरा, १२ कात्तिक। पोखराको लेकसाइडस्थित एक घरको शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले १९ वर्षीया युवतीलाई पक्राउ गरेको छ।

गत कात्तिक ३ गते साँझ करिब ७ः४० बजे लेकसाइडस्थित एक घरको शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृत शिशु पोखरा महानगरपालिका–२१, कृष्ती माइती भई स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ घर भएकी १९ वर्षीया निरूता नेपालीसँग सम्बन्धित रहेको खुलेको छ। उनी हाल पोखरा लेकसाइडस्थित तोडबहादुर थापाको घरमा भाडामा बस्दै आएकी थिइन्।

प्रहरीले नेपालीलाई कात्तिक ४ गते पोखरा महानगरपालिका–२१ को लुकुमस्वराबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनको स्वास्थ्य परीक्षण गराइएको र अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected