58Shares

पोखरा । लायन्स क्लव अफ पोखरा पेन्गुईनले पाँचौ स्थापना दिवसको दिनमा ह्वील चेयर सेतो छडि वितरण गरी स्थापना दिवस मनाएको छ  सोमवार पोखरा माटेपनिस्थित एस आर केसी बेन्क्यूईटमा सम्पन्न कार्यक्रममा क्लबले दुई/दुई थान ह्वील चेयर सेतो छडि साथमा नगद १२ हजार वितरण गरेको हो

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढ़ुङगानाले कास्कीको रूपाकोट निवासी पूजा बिकका छोरा/छोरी कुशल बिक अन्जना बिकलाई ह्वील चेयर साथमा नगद १० हजार त्यस्तै पोखरा अमरसिंहचोकका रोज़ परियार विस्वास तामाङ सेतो छडिसहित नगद हजार वितरण गरेका हुन्

सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष दण्डीराज त्रिपाठीले आफ्नो कार्यकालमा उत्कृष्ट सपोर्ट गर्ने क्लबका लायन्स लिडरलाई मायाको चिनोले सम्मान गरेका थिए

लायन्स क्लब अफ पोखरा पेन्गुईनले गत बर्ष गठन भएको लायन्स क्लब अफ पोखरा आँधीखोलाको चार्टर हस्तान्तरण पनि हस्तान्तरण गरेको आँधीखोलाको संस्थापक अध्यक्ष पार्वती पनेरू रहेकी छन्

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढ़ुङगानाले क्लबले स्थापना दिवसका दिन मन छुने मानवीय सेवा कार्य अन्तर्गत फरक क्षमता भएका ब्यक्तिहरुलाई ह्वील चेयर, सेतो छडि र नगद प्रदानले हामी सबैको मन छोएको बताए डिष्ट्रिक्टको थिम मानवता हाम्रो प्राथमिकता अन्तर्गत अपाङगतासँगको आत्मीयतासँगको सर्भिसका कामले लायन्सलाई अन्तरहृदयबाट छोएको प्रष्ट पारेका थिए

लायन्स क्लब अफ पोखरा पेन्गुईनका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, क्लबका एक्सटेन्सन चेयरपर्सन कृष्ण कुमार श्रेष्ठले क्लबले गरेका सेवाका क़ार्य अत्यन्त उत्कृष्ट रहेको बताए

त्यस्तै क्लब संस्थापक अध्यक्ष सितल श्रेष्ठले क्लबका गतिबिधि बारे प्रकाश पारेका थिए । क्लबका सचिव धिरज श्रेष्ठको संचालन रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष सुवाष अम्गाईले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए

सन् २०१९ मा स्थापना भएको क्लबको संस्थापक अध्यक्ष सितल श्रेष्ठ रहेका छन् भने हालसम्म ज्ञानबहादुर राना, दीपक भण्डारी, दण्डीराज त्रिपाठीले अध्यक्ष कार्यकाल सम्पन्न गरिसकेका छन्

58Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected