1Shares

पोखरा संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री वद्रीप्रसाद पाण्डेले पार्टी भित्रको आन्तरिक द्धन्द्धलाई न्यूनिकरण गर्दै काँग्रेस अगाडि वढ्नुको विकल्प नरहेको बताएका छन्  मंगलबार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालय पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली काँग्रेस बलियो भयो भने आउँदो निर्वाचनमा बहुमत ल्याउन सक्छ, साना तिना मतभेदलाई बिर्सेर पार्टी भित्रको आन्तरिक द्धन्द्धलाई न्यूनिकरण गर्दै जान आग्रह गरेका गरे

मन्त्री पाण्डेले दुई ठूला दलको वर्तमान सरकार देशको राजनीतिक, आर्थिक एवं सामाजिक अस्थिरतालाई ठिक ठाउँमा ल्याउन गठन भएको बताए । काँग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले भएपनि देशमा देखिएको अस्थिरतालाई जोगाउन मिलेर सरकारमा जानु परेको मन्त्री पाण्डेको भनाई थियो 

देशलाई संकटबाट मुक्त गर्न दुई पार्टीको प्रतिस्पर्धालाई घटाएर सहकार्यबाट बनेको सरकारले जनतालाई केही राहत दिन सकिन्छ कि भनेर लागेका छौ,मन्त्री पाण्डेले भनेवर्तमान सरकार सचेत संवेदनशील भई देशलाई सही दिशा दिँदै अन्य पार्टीलाई पनि सँगै लिएर जान्छौं

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले नेपाललाई पर्यटकीय रुपमा विकास गर्न आवश्यक भएको बताउदै  यहाँको संस्कृतिलाई विदेशमा प्रचारप्रसार गर्न आवश्यक भएको उनले बताए यहाँका हिमश्रृंखलाहरु अत्यन्तै आकर्षक भएकाले विदेशीहरु लेभिने गरेको बताउँदै मन्त्री पाण्डेले यहाँका पदमार्गलाई व्यवस्थित सुरक्षित गर्दै पर्यटकलाई नेपाल आउने वातावरण सृजना गर्नुपर्ने भनाइ उनको

पोखरा भैरहवाको विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको बताउँदै मन्त्री पाण्डेले नेपाली आकास सुरक्षित भन्ने कुराको सन्देश दिन जरुरी रहेको भनाइ राखे दुई वटा विमानस्थल चलायमान बनाउन विमानस्थलबाट लिँदै आएको प्रति व्यक्ति तीन हजार रुपैयाँ कर छुट गरिएको जानकरी पनि मन्त्री पाण्डेले दिए

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल धार्मिक रुपमा अत्यन्तै महत्वपूर्ण सम्भावना भएकाले धार्मिक पर्यटनका रुपमा विकास गर्दै नेपाललाई धार्मिक थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । साथै उनले जनतालाई परिणमा दिने गरी वर्तमान सरकारले काम गर्नुपर्ने कुरामा जोड दिएका थिए

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected