38Shares

पोखरा भ्यूज । अन्नपूर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन बुधवार सम्पन्न भएको छ । गाउँ सभामा चालू आर्थिक बर्ष २०७८/०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेट रकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको छ ।
गाँउसभाले खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८, जलश्रोत ऐन २०७८, विनियोजन बिधियक ऐन २०७८ को पहिलो संशोधन २०७८ सर्वसम्मत रुपमा पारित गरेको छ ।


विनियोजन बिधेयक ऐन २०७८ को पहिलो संशोधन २०७८ गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले टेवल गर्नु भएको थियो भने समर्थन वडा नं. ५ का वडाध्यक्ष जिवनाथ पौडेलले गर्नु भएको थियो । त्यस्तै खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८ कार्यपालिका सदस्य विमला सुनारले टेबल गर्नु भएको थियो भने समर्थन वडा नं. १ का वडाध्यक्ष भरतजंग कुवँरले गर्नु भएको थियो । अर्को जलश्रोत ऐन २०७८ कार्यपालिका सदस्य गंगा कुवँरले प्रस्तुत गर्दा वडा नं. २ का वडाध्यक्ष चुडामणी अधिकारीले समर्थन गर्नु भएको थियो ।
हिउँदे अबिधेशन भएको हुदाँ कानुनका दफामा छलफल भई पारित गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले जानकारी गराउनु भयो ।


गाउँपालिका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुन बाँकी कामहरुको बारेमा र बिभिन्न ३ वटा बिधेयकमा ११ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र गाँउपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईएको थियो ।
उक्त सभामा उठाएका सम्पर्ण प्रश्नहरुको गाउँपालिका अध्यक्ष कुँवरले जबाफ दिनुभएको थियो । सभामा उठेका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष कुँवरले हालसम्म भएका कामहरु सन्तोषजनक तरिकाले सम्पन्न भएको बताउनु भयो । साथै उहाँले भन्नु भयो “हामीले गरेका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पुर्बक सम्पन्न भएका छन ।” बाँकी रहेका बिभिन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट चाडै कार्यान्वयनमा आउने पनि उहाँले बताउनुभयो।
अहिले सम्मका कामहरुको सबै क्षेत्रबाट प्रशंसा भएकोले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरुलाई अध्यक्ष कुँवरले आग्रह समेत गर्नुभएको छ । उहाँले सभामा उपस्थित सबैजनालाई सामुहिक रुपमा बिकासका काममा सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected