2Shares

भाद्र २४, पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा विपी जयन्तीको अवसरमा वीपी स्मृति पुस्तकालयको उद्घाटन गरेको छ।

काँग्रेस गण्डकी प्रदेशले पोखरा-३ तेर्सापट्टीमा रहेको प्रदेश कार्यालयमा आउने अतिथिहरुलाई मध्यनजर गर्दै सुविधा सम्पन्न पुस्तकालय स्थापना गरेको हो ।

शुक्रबार १०९ औं वीपी जयन्तीको अवसर पारी वीपी स्मृति पुस्तकालय र सूचना, सञ्चार तथा प्रचार-प्रसार विभाग अन्तर्गत सूचना प्रविधि कक्ष उद्घाटन तथा अक्षयकोष एवम् पुरस्कार घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

वीपी स्मृति पुस्तकालय कक्षको उद्घाटन गर्दै पूर्व उपकुलपति प्रा.डा.केदार भक्त माथेमाले नेपाली काँग्रेस गण्डकी प्रदेशले पुस्तकालय स्थापना गर्नु खुसीको कुरा रहेको बताए । माथेमाले देश विकास गर्नको लागि जनता साक्षर हुनु आवश्यक रहेको हुँदा नेपाली काँग्रेस गण्डकी प्रदेशमा आउने जो कोहीले पनि पुस्तकालयमा बसेर समय विताउने मात्र नभई ज्ञान लिएर जाने वातावरण बनेको बताए । उनले ज्ञान लिनको लागि उमेरको कुनै हद नरहेको हुँदा वालकदेखि बृद्धसम्मका व्यक्तिलाई शिक्षाको आवश्यक रहने, शिक्षाले नै मानिसलाई बौद्धिकता प्रद्धान गर्ने बताएका थिए।

नेपाली काग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले वीपीका सिद्धान्त भन्दै हिड्ने भएपनि पढ्ने बानी बसाल्न पुस्तकालय स्थापना गरिएको बताए । शर्माले काँग्रेसले भोट माग्ने काममा मात्र वीपी सिद्धान्त प्रयोग भएको तर कार्यान्वयन नभएकोले अध्ययनलाई अगाडि बढाउनुपर्ने अवस्था आएको बताए ।

नेता शर्माले राष्ट्र जोगाउनको लागि प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै राष्टियता, प्रजातन्त्र र समाजवादका बारेमा जानकारी राख्न सुझाए । उनले प्रजातन्त्रको व्याख्या गर्दै प्रजातन्त्र नरहे सम्म देशको विकाश र स्थितरता नहुने स्पष्ट पारे । “प्रजातन्त्र नमान्नेहरु कुनैपनि समयमा विस्तापित हुने र हिजोको समयमा पनि विस्तापित हुँदै गएको बताउदै नेपालमा मात्रै नभई विश्वमा नै प्रजातन्त्र आवश्यक छ,” सभापति शर्माले भने ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले स्थापना गरेको करिब ३० लाख रुपैयाँको अक्षयकोषमा प्रदेश सभापति शुक्रराज शर्माले २५ हजार नगद हस्तान्तरण गर्दै पुरस्कारको थालनी गरेका छन् भने वीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले १ लाख सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए। उक्त अक्षयकोषबाट गण्डकी प्रदेशका ११ जिल्लाका ११ जना उत्कृष्ट व्यक्तिलाई प्रत्येक वर्ष नगद २५ हजार र दोसल्ला सहित सम्मान गर्र्ने लक्ष्य लिएको गण्डकी प्रदेशका प्रवत्ता माधव प्रसाद बाँस्तोला (मधु)ले जानकारी गराए ।

उक्त कार्यक्रममा उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबावु श्रेष्ठ, विष्णु लामिछाने, कास्की जिल्ला सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण केसी, वीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, नेता देवराज चालिसे, प्राध्यापक डा. कुशुमाकर न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको थिए।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected