19Shares

साउन ११, अन्नपूर्ण कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीमा सार्वजनिक़ सुनुवाई भएको जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वय तथा सहजीकरणमा कास्की जिल्लास्थित विषयगत कार्यालयहरूबाट सम्पादन हुने विकास निर्माण सेवा प्रवाहका सम्बन्धमा शुक्रवार गाउँपालिका कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो

जिल्लाभित्रका सार्वजनिक निकायहरुबाट प्रवाह हुने सेवाको अवस्था नागरिकका गुनासो तथा सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय सर्वसाधरणहरुले जिवन यापनमा आएका समस्याहरु उठान गरेका थिए अधिकांस व्यक्तिहरुले सुकुम्बासी समस्या, संचार टेलिफोन समस्या, सडक बाटो, पुल निमार्ण, कृषि आधुनिकरण सुरक्षाका विषयमा आफ्ना कुराहरु उठान गरेका थिए


प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षता अन्नपूर्ण गाँउपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षत्री, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख अरुण कुमार शर्मा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्री, पूर्वाधार बिकास कार्यालय कास्कीका प्रमुख . सुमन खड़का, जिल्ला पशु बिकास कार्यलयका प्रमुख शम्भुराज पाण्डे, नेपाल टेलिकम पोखरा प्रमुख राकेश कुमार चौधरी लगाएत विभिन्न २८ वटा सरकारी निकायका प्रमुख एवं प्रतिनिधिले कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा आफ्ना भनाई राखेका थिए

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पोखरेलको संचालनमा रहेको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, कर्मचारीहरू, वडा सचिवहरू, राजनैतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, सुरक्षाकर्मीहरू, स्थानीय वासिन्दाहरू लगाएत सम्पूर्ण सरोकारवाला पक्षहरूको उल्लेख्य उपस्थितिका रहेको थियो

सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लास्थित विषयगत कार्यालयहरू आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मालपोत कार्यालय कास्की, वृहत जलाधार व्यवस्थापन केन्द्र, श्रम तथा रोजगार कार्यालय, संघीय आयोजना कार्यान्वयन इकाई, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय पोखराका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो

यसैगरी, उक्त कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल टेलिकम (दुरसञ्चार) कार्यालय, नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, यातायात व्यवस्था कार्यालय सवारी, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र, सहकारी रजिष्टार कार्यालय, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, गण्डकी आयुर्वेद औषधालय माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected