13Shares

पोखरा भ्यूज
काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै बुधबार विहान भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि खटिएको उद्दारटोलीले १८ जनाको शव निकालेको छ । यद्यपि उद्दार कार्य अहिले पनि जारी छ । विमानका चालक एम आर शाक्यको उद्धार गरी केएमसी अस्पताल सिनामंगलमा उपचारार्थ भर्ना गरिएको छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थिए । विमान परीक्षणका लागि सार्यका प्राविधिकहरुको टोलीले सो जहास पोखराका लागि उडाएको बुझिएको छ । यद्यपि घटनाका बारेमा थप विवरण आउन बाँकी नै छ ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected