0Shares
पोखरा भ्यूज
१० साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरिएकोछ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि पनि आयोगमा सदस्य बनिसकेका उनी त्रिवि अर्थशास्त्र विभागका प्रमुख हुन् । उनीसँग अन्य ६ सदस्य पनि नियुक्त गरिएको छ । ।मन्त्रिपरिषद् स्रोतका अनुसार आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको छ ।


0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।