51Shares

पोखरा भ्यूज

पोखरा मानवीय सेवाका कार्यमा क्रियाशील नेपालका लायन्स डिष्ट्रिक्टहरू लायन्स अन्तर्राष्ट्रियमा शीर्ष पाँचभित्र पर्न सफल भएका छन् अगस्ट महिनाको अन्त्यसम्ममा सबैभन्दा बढी नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्ने वटा डिष्ट्रिक्ट नेपालका रहेका छन लायन्स अन्तर्राष्ट्रियमा आवद्व २१० राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले सर्वाधिक धेरै क्लब, १७ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्त गरेको हो त्यस्तै, दोस्रोमा डिष्ट्रिक्ट ३२५ बाट १६ क्लब, तेस्रोमा ३२५एच बाट १५, ३२५ जे बाट १४, ३२५ के ले १४ डिष्ट्रिक्ट ३२५ एम बाट १४ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टडभई शीर्ष भित्र पर्न सफल भएका हुन्

नेपालमा भएका १५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालमा रामबहादुर बसेल डिष्ट्रिक्ट गभर्नर रहेका छन् यसै गरी ३२५ मा कर्मा गुरुङ,  ३२५ एच मा दिनेश प्रसाद श्रेष्ठ, ३२५ जे ध्रुव श्रेष्ठ, ३२५ के राजेन्द्र बाटाजु, ३२५ एम मा महेन्द्र पौडेल डिष्ट्रिक्ट गभर्नर रहेका छन् यि मध्ये डिष्ट्रिक्ट आई, जे, के एम साविक लायन्स डिष्ट्रिक्ट ३२५ बि नेपालको गत माघमा सम्पन्न दशौं महाधिबेशन पश्चात डिष्ट्रिक्ट बाईफर्गेसन पछि बनेका डिष्ट्रिक्ट हुन्
बिश्वका २१० मुलुकमा संगठन बिस्तार गरिसकेको विश्वको सबैभन्दा ठूलो सामाजीक संस्थाको रुपमा स्थापित लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन् उनले सन १९१७ मा अमेरिकाको सिकागो शहरबाट लायन्स अभियान सुरुवात गरेका थिए भने नेपालमा पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा आफनै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरी नेपालमा लायनवादको विस्तार गरेका थिए  निस्वार्थ मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्समा विश्वभर १४ लाख बढी नेपालमा पचास हजार बढ़ी लायन्स सदस्यहरु आवद्व रहेका छन्

डिष्ट्रिक्ट पहिलो स्थानमा रहन सफल भएपछि प्रतिक्रिया दिदै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले कार्यकाल सुरु गरेको दुई महिना भित्र मै नयाँ लायन्स क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टड गरेर विश्व रेकर्ड कायम गरेकोमा गर्व महशुष गर्दै यस अभियानमा डिष्ट्रिक्टका अग्रज लायन्स लिडरको सहयोग साथ, मेरो क्याविनेट टिम, क्लब अध्यक्ष लगायत सम्पूर्ण लायन सदस्यको योगदानका साथै टिमवर्कले नै सम्भव भएको बताए

51Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected