2Shares

पोखरा, २६ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३४औँ महाधिवेशनबाट पवन प्रजापति अध्यक्षमा निर्वाचित भएका छन् । कुल १ हजार ६ सय १३ मत प्राप्त गरि उनी पोखरा उद्योग वाणिज्य संघको ३४औँ अध्यक्ष बनेका हुन् । उनको निकटतम प्रतिद्धन्दि अर्जुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरेका छन् ।

महाधिवेशनमा पवनकुमार प्रजापति प्यानलको बहुमत पदाधिकारी र सदस्यहरुले जित हासिल गरेका छन् । संघको वरिष्ठ उपाध्यक्षमा पवन प्यानलकै गोकर्ण कार्की विजयी भए । उनीसँग पोखरेल प्यानलबाट हरिहर सापकोटा प्रतिस्पर्धी थिए । त्यस्तै संघको उद्योग उपाध्यक्षमा अर्जुन प्यानलका देवेन्द्र केसी निर्वाचित भए । उनीसँग पवनकुमार प्रजापति प्यानलका हिरामणी पण्डित प्रतिस्पर्धी थिए । त्यस्तै उपाध्यक्ष वाणिज्य तर्फ पवन प्यानलकै उम्मेदवार उत्तममान बुद्धाचार्य निर्वाचित भए । वाणिज्य उपाध्यक्ष पदका लागि पोखरेल प्यानलबाट कुमारी मुना बाँस्तोला र स्वतन्त्रतर्फ सोवित पौडेल प्रतिस्पर्धी थिए ।

त्यसै महासचिवमा पनि पवन प्यानलबाटै उम्मेदवारी दिएका बलराम आचार्य निर्वाचित भएका छन् । आचार्यले अर्को प्यानलका केशवबहादुर खत्रीसँग प्रतिस्पर्धा गरेका थिए । त्यस्तै कोषाध्यक्षमा पनि प्रजापति प्यानलबाटै उम्मेदवारी दिएका दिनेशचन्दै बाँस्तोला निर्वाचित भएका छन् । उनी अर्जुन प्यानलका हरिराज पन्तसँग प्रतिस्पर्धा गरेका थिए । त्यस्तै उपमहासविच पदका लागि भएको निर्वाचनमा अर्जुन प्यानलका हर्कबहादुर अधिकारीलाई पछाडि पार्दै पवन प्यानलकी शोभा गौतमले जित हात पारिन् ।

सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, भरत केसी, सुदीप प्रधानांग, कृष्णप्रसाद कोईराला, दिलिपकुमार श्रेष्ठ, भीम गौतम, माधव वस्ताकोटी, मनोजकुमार श्रेष्ठ, र सुदीप ओझा निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमध्ये ६ जना पवनकुमार प्रजापति समूहका हुन् भने बाँकी ४ जना अर्जुन पाखरेल समूहका हुन् ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected