1Shares
पोखरा भ्यूज
काठमाडौं । १९ यात्रु लिएर पोखराका लागि उडेको सौर्यको ९ एन-एएमईरसीआरजे २०० कलसाइनको जहाज दुर्घटना परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारीको जानकारी अनुसार जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको हो ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । बुधबार बिहान करिब ११ बजे जहाज धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो। विमानस्थलमा एक्कासी धुँवाको मुस्लो उडेपछि उद्दारका लागि सुरक्षाकर्मी र अग्नी नियन्त्रकहरुको टोली परिचालन गरिएको थियो ।
जहाजमा १९ जना यात्रु रहेका थिए। ती सबै सौर्यका प्राविधक कर्मचारी भएको स्रोतले दावी गरेको छ । यद्यपि थप विवरण आउन बाँकी नै छ ।
1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।