12Shares

पोखरा, १३ असोज । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालको आम्दानी खर्च विवरण सार्वजनिक गर्नु भएको छ । नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रतक्षमा निर्वाचित मन्त्री थापाले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी बिज्ञप्ती मार्फत आम्दानी खर्च विवरण सार्वजनिक गर्नु भएको हो ।

मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गर्नु भएको थियो । उहाँले २०७४ माघ देखि हालसम्मको उक्त समयमा राज्यबाट उहाँको बैंक खातामा ४० लाख ७१ हजार २ सय ४९ रुपौया ३९ पैसा रुपैयाँ जम्मा भएको थियो भने उहाँले सोही अवधिमा व्यक्तिगत रकम समेत थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ पैसा बराबरको विकाश खर्च र सामाजिक कार्य गरेको जानकारी दिनु भयो ।

‘प्रदेश सांसद हुँदा देखि बहालवाला मन्त्रीका रुपमा मैले प्राप्त गर्ने सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु । प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि लिएको छैन । जुन विषय यहाँहरुलाई अवगत् नै छ ।’,उहाँले भन्नुभयो

‘सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आफूलाई आत्मसन्तुष्टी हुने गरेको छ ।’ उहाँले राजनीति आफ्ना लागि सेवा भएको जिकिर गर्नुभयो ।

प्रदेश सभा र प्रदेश तहको सरकारको यो पहिलो कार्यकाल भएको कुरा उल्लेख गर्दै मन्त्री थापाले भन्नुभयो, ‘ बलियो घर निर्माणका लागी बलियो जगको अति महत्व हुने भन्दै घरको संरचना त्यही जगमा उभिएको हुन्छ । सोही अनुरुप पहिलो कार्यकाल भएकाले पनि प्रदेशले संघीयताको मर्म र भावना अनुरुप कार्यसम्पादनका लागि विभिन्न कानून तथा आधारभुत संरचना निर्माणका लागि अधिकतम ध्यान र मेहेनत गरेको बताउनुभयो ।’

प्रदेशका कतिपय गतिविधि र क्रियाकलापहरु अझ स्पष्ट रुपमा आम जनमानसमा भिज्न नसकेतापनि यस अवधिमा भएका कानुनका निर्माण र अन्य गतिविधिले अर्को पटकको प्रदेश सभा सञ्चालन र सरकारको चुस्त दुरुस्त कार्यका लागि बाटो तय गरेको भनाई उहाँको छ । संघीयताको असल अभ्यास अर्को पटक अझ स्पष्ट देखिनेछ भन्ने विश्वास मन्त्री थापाले लिनुभएको छ ।

मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको एक जिम्मेबार सदस्यको रुपमा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आफु राजनीतिमा नितान्त सेवा गर्ने उद्देश्य अनुरूप आएको उल्लेख गर्नुभयो ।

‘राजनीति मेरा लागि पेशा कदापी होइन् । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । राजनीतिमा नितान्त सेवाका लागि आएको हुँ ।’,उहाँले भन्नुभयो ।

मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः ७,लाख नौ हजार १ सय ३५, ६ लाख १० हजार ६ सय ३९, ८ लाख ५९ हजार ८ सय ६८, १३ लाख ६६ हजार ३ सय ६० र पाँच लाख २५ हजार २ सय ४७ जम्मा भएको विज्ञप्तीमा उल्लेख छ । बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको हो । निर्वाचित भए देखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्ष देखि क्रमशः १० लाख ५४ हजार ६ सय ५५, ९ लाख ३ हजार ७ सय १, १२ लाख ४७ हजार ४०, १४ लाख ८६ हजार ९ सय ७० र ११ लाख ३६ हजार ७ सय खर्च गरेको बिज्ञप्तिमा जनाइएको छ ।

विगतमा आफुले गरेका कामलाई पार्टीले मुल्यांकन गर्नेमा विश्वस्त रहेको मन्त्री थापाले बताउनुभयो । मिडियाको खबरदारीले लोकतन्त्रलाई बलियो बनाउन सघाउने विश्वास व्यक्त गर्दै उहाँले रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गर्नुभयो । मन्त्री थापाले आगामी दिनहरुमा समेत देशको समृद्धी र जनताको जीवनस्तर उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected