1Shares

पोखरा भ्यूज
१० भदौ, काठमाडौँ । सोमबारका लागि हुने भनिएको संसद्‍का विषयगत समितिका सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् । संसद सचिवालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका सांसद आरजु राणा र रामहरि खतिवडाले क्रमशः कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्भ भने काँग्रेसका जीवन परियारले संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । सार्वजनिक लेखा समितिमा विपक्षी दलको सासंद हुनुपर्ने व्यवस्था छ । एमालेकै किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिए ।

त्यस्तै सत्तारुढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समिति, जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा, एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमाउम्मेदवारी दिएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा नै रास्वपाका सांसद गणेश पराजुलीले पनि उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंहको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा अनुरुप नै निर्वाचन प्रक्रिया अघि बढाएको बताइएको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected