159Shares

पोखरा भ्यूज
पोखरा, २९ भदौ । गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले समाज सेवाको क्षेत्रमा लायन्सले गरेका कार्यवाट प्रभावित भएको बताउनु भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत पोखराका ५ क्लबहरूको संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिम्खडाले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउनु भएको हो ।
उहाँले लायन्सले समाजमा गरेका सेवाभावका कार्यलाई संस्थागत गर्न प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह समेत गर्नुभयो । लायन्सले समाजमा शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरी समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आउँदा दिनमा प्रदेशलाई समृद्ध प्रदेश बनाउन ध्यान दिन जोड दिनु भएको थियो ।
उहाँले पदस्थापित अध्यक्षलाई नयाँ विचार नयाँ योजनाका साथ अघि बढ्ने शुभकामना दिदै पुराना राम्रो कामलाई निरन्तरता र नयाँ काम सुरुवात गर्न शुभकामना पनि दिनु भयो । लायन्सको बिचार योजना सुझावको आवस्यकता छ, सरकार र लायन्स मिलेर समाजमा राम्रा काम गर्न सकिने उहाँको भनाई थियो । लायन्स क्लबले गरेका कार्य प्रति खुशि व्यक्त गर्दै यस्ता कार्यहरु पहुँचबाट वञ्चित वर्गलाई प्राथमिकता राखी निरन्तरता दिएमा अति नै राम्रो हुने सुझाव समेत दिनु भएको थियो ।


सुक्रवार सम्पन्न पदस्थापन समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटी, पिस सिभिक, अभियान र जननीका क्लब पदाधिकारीहरूको पदस्थापन गरिएको हो भने लायन्स क्लब अफ पोखरा अभियानद्वारा स्पोन्सर गरिएको क्लब पोखरा ईन्फरमेसन टेक्नोलोजीको चार्टर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले ४ वटै क्लबका लायन बर्ष २०२३/२४ का क्लब अध्यक्ष र पदाधिकारीलाई पदस्थापित गराउनु भएको हो ।
कार्यक्रममा लायन बर्ष २०२२/२३ का क्लब अध्यक्षहरू लायन्स क्लब अफ पोखरा सिभिकका बिनोद भुजेल, अभियानका कृष्ण लम्साल र जननीका बद्रिका ढुङगानाले आफ्ना कार्यकालमा सम्पादन गरेका कार्यहरू प्रस्तुत गरेका थिए भने लायन बर्ष २०२३/२४ का अध्यक्षहरू ग्लोबल लेकसिटीका रेशमलाल श्रेष्ठ, सिभिकका रेशम खड़का, अभियानका मातृका पोखरेल, जननीका शान्ती अधिकारी र आज चार्टर प्राप्त क्लबका कार्यवाहक अध्यक्ष रेवत लामाले क्लबले दुई महिनामा सम्पादन गरेका कार्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
सो अवसरमा लायन्स क्लब अफ पोखरा अभियानले गत बर्ष पोखरा-२६ मा अवस्थित अमरज्योती आधारभुत बिधालयमा स्थापना गरिएको छात्रबृति कोषमा ५० हजार रूपैया थप गरी एक लाखको कोष निर्माण गरेको छ । त्यस्तै अभियानले पोखरा महेन्द्रपुलमा निर्माणाधीन लायन्स झण्डा पार्कको लागि ५० हजार रूपैया डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बसेललाई प्रदान गरेको थियो ।
लायन्स क्लब अफ पोखरा अभियानका बर्ष २०२२/२३ का अध्यक्ष कृष्ण लम्साल र पोखरा सिभिकका बर्ष २०२३/२४ अध्यक्ष रेशम खड़काको अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट को-अर्डिनेटर हरिराज पन्तले लायन्सले समाजसेवाका क्षेत्रमा गरेका विशिष्ट योगदानको चर्चा गरिएको थियो ।
दुई चरणमा सम्पन्न कार्यक्रमको संचालन लायन्स क्लब अफ पोखरा जननीका बर्ष २०२२/२३ का सचिव पद्मा पौडेल आचार्य र ग्लोबल लेकसिटीका बर्ष २०२३/२४ का सचिव नवराज सुबेदीद्वारा गरिएको थियो ।

159Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected