5Shares

पोखरा भ्यूज

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले जाजरकोटका भूकम्प प्रभावितलाई आपतकालीन राहत वितरण गरेको डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरुको सक्रियतामा संकलित रकमबाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका, सकलाका भुकम्प प्रभावित ८० घर परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेले बताए

डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको उपस्थितिमा प्रदान गरिएका आपतकालिन सामग्रीहरूमा बाल्टी २० लि. ८० थान,  जग ८० थान, चामल ८० बोरा, डसना/ब्लाङ्केट/तन्ना/सिरानी ८०/८० थान, नुहाउने साबुन १६० पिस, लुगाधुने साबुन चार सय८० पिस, टूथपेस्ट/ब्रस ८०/८० पिस, टोपी सेट दुई सय ४० पिस, स्वेटर  ८० पिस, त्रीपाल ८० पिस, पिफर्म ८०पिस लगाएतका अत्यावश्यक सामग्री वितरण गरिएको पाण्डेले बताए 

उक्त सामग्रीहरू जिल्ला प्रसासन कार्यालय जाजरकोटको समन्वयमा स्थानीय सरकारको सहयोगमा वितरण गरिएको थियो ।

राहत संकलन टिममा डिष्ट्रिक्टका सिनियर लिडरहरू ऋषि गिरी सहित खोमराज खराल, रामहरी सिलवाल, प्रमोदनिधि तिवारी, अमृतदेवी बानिया लगाएत रहेका थिए

डिष्ट्रिक्टले जाजरकोट जिल्ला अस्पतालको लागि एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पनि उपलब्ध गराएको

पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लाभर ९०५ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई हजार ७४५ घरहरूमा आंशिक क्षति भएको  त्यस्तै, रुक़ुम पश्चिममा दुई हजार एक सय घरधुरीमा आंशिक क्षति भएको छ भने दुई हजार बढ़ी घरहरू पूर्ण रूपमा क्षति भएका छन् ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected