2Shares

पोखरा भ्यूज

पोखरा, २२ मंसिर हिउको ढिस्कोमा परी निधन भएका संजय खनालको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ  शुक्ला गण्डकी, सेराबेशीस्थित श्री अन्तर्राष्ट्रिय युवा बर्ष आधारभूत विद्यालयमा स्व. खनालको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो स्थापित कोषको रकमबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको शुक्ला गण्डकी, शेराबेसी पूर्ख्यौली थलो भई पोखरा, प्रस्यांग निवासी खनालको २०७६ साल कार्तिक गते अन्नपूर्ण पदमार्ग अन्तर्गतको अन्नपूर्ण११, हिन्कु क्याम्पमा हिउको ढिस्कोले पुरिएर निधन भएको थियो

लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले छोराको स्मृतिमा क्लबका अध्यक्ष समेत रहेका पिता युवराज खनाल आमा संगीता खनालले एकलाख २० हजार सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्

अक्षयकोष रक़म कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, खनाल परिवारबाट स्वर्गीय संजयका पिता युवराज खनाल, माता संगीता खनाल हजुरआमा मधुमाया खनालले कोषको रकम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद ढकाल, प्रधानाध्यापक नरेशचन्द्र भण्डारी शुक्ला गण्डकी का वडाध्यक्ष रमेशचन्द्र पौडेललाई संयुक्तरुपमा हस्तान्तरण गरिएको थियो

आफ्नो क्यारिएरको सुरूवातीको चरणमा अध्यापन गराएको उक्त बिधालयमा न्यून आय भएका, गरिब, जेहेन्दार विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गर्दे आएकाका छोराछोरीको पढाइमा सहयोग पुर्‍याउन सहयोगस्वरूप छोराको स्मृतिमा उक्त कोष स्थापना गरिएको खनालले बताए

रक़म हस्तान्तरण गर्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले कोषले थोरै मात्रामा भए पनि लक्षित विद्यार्थीको हितमा सहयोगी बन्ने विश्वास व्यक्त गर्दै कोषको दुरुपयोग नहुनेमा पूर्ण विश्वस्त रहेको बताए 

कार्यक्रमका बिशिष्ट अतिथि वडाध्यक्ष रमेशचन्द्र पौडेलले अक्षयकोष दाताको भावना अनुसार लक्षित विद्यार्थी लाभान्वित भएमात्र कोषको सार्थकता पूरा हुनेमा जोड दिदै सहयोगी दाताको भावनालाई आत्मसात् गर्दै कोष सञ्चालन गर्न बिधालय प्रशासनलाई सुझाव दिए । विद्यालयका प्रधानाध्यापक नरेशचन्द्र भण्डारीले कोषको रकमको सही सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्‍याउने प्रतिवद्धता जनाए

लायन्स क्लब पोखरा पिस सिटीका अध्यक्ष एवं स्व. संजय खनालका पिता युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना लगाएत पूर्व अध्यक्षहरू, क्लबका जोन चेयरपर्सन एवं जोन का जोन चेयरपर्सन शान्तावना पराजुली, क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected