0Shares

भवन निर्माण र छात्रवृत्ति वितरणमा अनियमितता गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सप्तरीस्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तेज नारायण यादवसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

आर्थिक वर्ष २०६६/६७ मा भवन निर्माणको रकम हिनामिना गरेको एवं छात्रवृत्ति वितरणमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रधानाध्यापक यादव, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादव, तत्कालीन प्रधानाध्यापक चक्रधरप्रसाद देव र शिक्षक चन्द्र नारायण यादवविरुद्ध मुद्दा दायर गरेकाे छ ।

प्रधानाध्यापक यादवसँग ५ लाख ८ हजार बिगाे दाबी गरिएकाे छ भने तत्कालीन प्रधानाध्यापक देवविरुद्ध २ लाख रुपैयाँ बिगाे मागिएकाे छ।

त्यस्तै, छेदी यादवविरुद्ध २ लाख र शिक्षक चन्द्रनारायण यादवविरुद्ध ५१ हजार रुपैयाँ बिगाे माग दाबी गरेकाे अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected