0Shares

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले अलपत्र परेका २३ नेपालीको उद्धार गरी स्वदेश फर्काएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावासले उद्धार गरी नेपाल पठाइएको हो । उनीहरुलाई नेपाल पठाउन दूतावासले एकतर्फी हवाई टिकट उपलब्ध गराएको थियो ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा उनीहरूमा शारीरिक तथा मानसिक समस्या देखिएको दूतावासले जनाएको छ । विभिन्न कारणबाट विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकलाई घर फिर्ता पठाउने अभियान जारी रहने दूतावासले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected