0Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुक विकासका लागि इच्छाशक्ति आवश्यक रहेको बताउनु भएको छ ।

शनिबार काठमाडौंमा युवा जागरण अभियानले आयोजना गरेको नेपालको आर्थिक र सामाजिक बिकास विषयक बहस कार्यक्रममा प्रयाप्त स्रोत र साधनले मात्र मुलुकको बिकास हुन नसक्ने बताउनुभएको छ ।

उहाले अहिलेको आवश्यकता भनेको दक्ष जनशक्तिलाई नेपालमा नै परिचालन गर्नका लागी आवश्यक नीति आवश्यक रहेको र वैदेशिक रोजगारीमा गएका नेपालीलाई स्वदेश फर्काउनुपर्ने धारणा राख्नुभयो । डा. महतले रेल, पानीजहाज ल्याउदा मुलुकलाई आर्थिक भारमात्र पर्ने हुँदा मुलुकको सडक लगाएतका पूर्वाधार निर्माणमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected