0Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधै प्रेस स्वतन्त्रताका पक्षमा लड्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै देउवाले काँग्रेस सधै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएको र लडिरहने बताउनुभयो । सभापति देउवाले लोकतन्त्र र प्रेस स्वतन्ताको विरुद्धमा कांग्रेस जान नसक्ने पनि बताउनुभयो । उहाँले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार प्रेसप्रति अनुत्तरदायी भएको आरोप समेत लगाउँदै प्रेसमाथिको ज्यादतीप्रति भर्सना समेत गर्नुभयो । सभापति देउवाले प्रेस स्वतन्त्रताबारे पार्टीभित्र पनि छलफल चलाउने आश्वासन दिनुभयो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको टोलीले आइतबारदेखि विभिन्न पार्टीका अध्यक्षहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउन थाल्नुभएकाे हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected