0Shares

काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ ।
एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजित एशियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो । संस्थाका सभापति राजीव कौलले प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गर्नुभएको थियो ।
सो अवसरमा आमोले एशिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मानित गरेको छ । आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन समूहका कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।

त्यस्तै नेपालका आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यावसायिक नेतृत्वको सम्मान दिइएको छ ।राजधानीको होटल याक एण्ड यतिमा भएको अवार्ड कार्यक्रममा व्यवसायिक नेताहरुलाई प्रधानमन्त्री ओलीले सम्मानित गर्नुभएको हो । आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठनको रुपमा रहेको छ । सन १९६० मा अष्ट्रेलियाको मेलबर्नमा भएको बैठकबाट यो क्षेत्रीय संस्था स्थापना गर्ने विचारको जन्म भएको थियो । नेपालका व्यवस्थापकहरुको छाता संंगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघ यो संस्थाको सक्रिय सदस्य रहेको छ । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभाको अवसर पारेर आमोले यो अवार्ड साँझको आयोजना गरेको हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected