0Shares

सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो।

‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ देखि सुरु गर्ने निर्णय भएको छ,’ पर्यटनमन्त्री योगेश भट्टराइले नेपालखबरलाई भने, ‘त्यसका लागि आवश्यक प्रोटोकल (कार्यबिधि) बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।’

Source: Nepalkhabar.com

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected