1Shares

काठमाडौँ, २० असोज \ पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत विक्रि गर्ने उदेश्यले इलेक्टोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) प्रालिसँग सम्झौता गरेको हो ।

पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र ईसीआरसीका अध्यक्ष सञ्जित पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौतासँगै टिवानअन्तर्गत रहेका सबै पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ । पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड–१९ मा स्वास्थ्य सुरक्षा पालना गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पु¥याउनका लागि पर्यटक बसमा अनलाइन बुकिङ सुरु गरेको टिवानका अध्यक्ष शर्माले बताउनुभयो ।

“टिवान अन्तर्गत रहेका सम्पूर्ण पर्यटक बस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्डअनुसार सञ्चालन भएका छन्,”–उहाँले भन्नुभयो । सम्झौताअनुसार दशैँका लागि टिवानअन्तर्गत रहेका सम्पूर्ण पर्यटक बसको अग्रीम बुकिङ अनलाइनमार्फत सुरु गर्न सकिनेछ । हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको पर्यटक बस व्यवसायी शिशिर खनाल बताउनुहुन्छ ।

व्यवसायीले हाल विहान ५ बजेदेखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected