0Shares

गिता राना मगर, पोखरा

हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा रहेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुननिर्माण समितिले पोखरामा रहेका विभिन्न बृद्धाश्रम तथा अपाङता भएका ब्याक्तिहरुलाई न्यानो कपडा ब्लाङकेट र खाद्यान्न सामाग्री वितरण गरेको छ । मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ४ न्याम्डो गाउमा रहेको न्याम्डो त्रिरत्न पुननिर्माण समितिले पोखराको लेखनाथमा रहेको अपांगमैत्री समाजमा आवद्ध रहेका ३१ जना दृष्टी क्षमता कम भएका ब्याक्तिहरुलाई न्यानो कपडा ब्लाङ्केट सहित खाद्यान्न र पोखरामा रहेका विभिन्न बृद्धाश्रमहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

समितिले अपांगमैत्री समाज संगै, पोखरा ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रम, पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रम,पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महांसंघ, पोखरा १८ बाच्छेबुडुवामा रहेको बात्सायन वृद्धाश्रम र पोखरा १७ मा रहेको मानव सेवा आश्रममा गरी ६५ बोरा चामल खाद्यान्न स्वरुप वितरण गरेको हो । उच्च हिमाली क्षेत्रमा बसोवास गर्दै त्रिरत्न (छोर्तेन) को संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका अशहाय बृद्धबृद्धाहरुलाई समेत सानो भएपनि सहयोग गर्ने उद्देश्य अनुरुप पोखराका विभिन्न ठाउमा रहेको बृद्धाश्रम र अपांगमैत्री समाजमा रहेका ब्याक्तिहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुणनिर्माण समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले वताए ।

विगतका वर्षहरुमा पनि सामाजिक काम गर्दै आइरहेको र यो पटक कोरोना महामारीका कारण आफुहरु हिमाली क्षेत्रमा बस्नुपर्ने बाध्यता हुदा यतिवेला न्याम्डो गाउ परिसरमा रहेको छोर्तेनहरुको पुननिर्माण गरी संरक्षणमा आफुहरु लागि परिरहेको अवस्थामा सामाजिक कामलाई निरन्तरता दिनुपर्छ भन्ने अभिप्रायले खाद्यान्न सामाग्रीहरु वितरण गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनले वताए । समितिले न्यानो कपडा र खाद्यान्न वितरण गरेकोमा आफुहरु निकै खुसी भएको अपांगमैत्री समाजका सदस्य शुसिल गोदारले वताए । उपल्लो मुस्ताङबाट प्रतिनिधीत्व गर्ने गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा विष्टको पहलकदमीमा आफुहरुको समाजमा विगतदेखीनै विभिन्न सहयोगी सामाग्रीहरु प्रदान हुदै आएकोमा जाडो मौसममा न्यानो कपडा ब्लाङ्केट संगै खाद्यान्नका लागि चामल प्रदान गरेकोमा आफ्नो समाजको तर्फबाट गोदारले धन्यवाद प्रकट गरे ।

आगामी दिनमा पनि पोखरा र आसपासमा रहेका अशहाय बृद्धबृद्धा बालवालिकाहरुको लागि समेत सहयोग जुटाउने र वितरण गर्ने समितिका सदस्य वाङ्दी गुरुङले वताए । थोरै भएपनि सहयोग गर्न सके अशहायहरुका लागी ठूलो राहत पुग्ने उनको भनाइ रहेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected